हराएको थप सुचना!
सम्पादकहरुको मुटु हरायो
खोज्न सहयोगी प्रशस्तै भेटिए
अबिलम्ब सुचना जारी गर्ने
द्रुतगामी एक पत्रिका भेटियो।
तर,
खाडिको गर्मीमा पसिना हराएको
घरघरबाट हसिना हराएको
भारतका कोठीमा चेली हराएको
ईराकका ब्यारेकमा नेपाली हराएको
सुचना जारी गर्ने उमेश चौहान खै?
बाँझा बारीमा बाली हराएको
मन्दिरमा मूर्ति र सालिक हराएको
निर्जन डाँडामा डोजर चलाएको
राष्ट्रको ढुकुटीबाट बजेट हराएको
पत्ता-लगाउने शोधकर्ता विद्वान खै?
सरकारी अड्डामा ईमान हराएको
व्यवसायीहरुमा जमान हराएको
पेशाकर्मीहरुमा सुर र लय हराएको
तामझाम र रवाफमा समय हराएको
खोज्ने चलाख र निष्ठावान खै?
समाजबाट नैतिकता हराएको
आफन्तजनमा हार्दिकता हराएको
संस्कृतिमा जीवन्तता हराएको
सुख र शान्तिको पत्ता नै हराएको
अनुसन्धान गर्ने ‘महान्’ खोई?
0 Comments