घनश्याम भुसाल र नारायणकाजी श्रेष्ठ विवेकशील साझामा प्रबेश गर्ने बेला भयो।


एजेन्डा र वैचारिक धरातल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई स्वच्छ छवी भएका नेता घनश्याम भुसाल र नारायणकाजी श्रेष्ठ अब विवेकशील साझामा प्रवेश गर्ने बेला आएको छ। नैतिकता, ईमानदारीता, पारदर्शिता, पद्धति र उत्कृष्टतामा विश्वास गर्ने नेपालको सन्दर्भमा नयाँ पार्टी विवेकशील साझा पार्टी गठन भएलगत्तै एजेन्डा र वैचारिक धरातल मिल्ने नयाँ पार्टी बनेकोले यी दुई प्रभावशाली नेताहरु नेकपा परित्याग गरि, विवेकशील साझाको अभियानमा सामेल हुँने हो भने यी दुई नेतालाई आफ्नो स्वच्छ छवि बनाईराख्न मद्दत पुग्छ भने विवेकशील साझाको अभियानले पनि थप गतिशिलता प्राप्त गर्दछ। त्यसको प्रत्यक्ष फाइदा देश र जनतालाई हुनेछ। त्यसैले अब यी दुई नेताहरु विसामा प्रवेश गर्नुपर्छ भन्ने मेरो मान्यता हो।


घनश्याम भुसालको टुईट
नारायणकाजी श्रेष्ठको टुईट

बकुल्लाहरुको भिडमा हाँस

विवेकशील साझाले नेपालको सन्दर्भमा सुरु गरेको "सुसंस्कृत राजनीति" को अभियान आँफैमा सुसंस्कृत र स्वच्छ समाजसेवा प्रेरित राजनीति गर्न ईच्छुक सबैको साझा अभियान हो। नेपाली काँग्रेस (नेका) र नेकपामा केही राम्रा व्यक्ति भए पनि समग्रमा यि दुई ठूला दलले गर्ने राजनीति सुसंस्कृत राजनीति होईन भन्ने निष्कर्ष नै विवेकशील साझाको प्रस्थान विन्दु हो। राजनीतिलाई 'सफा' गर्नु यस पार्टीको लक्ष्य हो। यसर्थमा 'स्वच्छ छवि' भएका व्यक्तिहरु संगठित हुँदा उनीहरु बढी शक्तिशाली हुन्छन्। घनश्याम र नारायणकाजी भनेका बकुल्लाहरुको भिडमा भएका हाँस हुन्। तसर्थ पनि यी दुई नेता  विवेकशीलसँग जोडिन आउनु व्यक्ति तथा संस्था दुवैको हितमा छ।

वाद र व्यवहार विचको खाडल

सैदान्तिक रुपमा पनि विश्लेषण गर्दा नेपालका वामपन्थी शक्तिहरुको सिद्धान्त व्यवहारत समाजवादी प्रकृतिको छैन्। बहसकै लागि भन्ने हो भने समाजवादी भन्दाखेरी त्यसमा कट्टरपन्थी देखि उदारीकरणमा विश्वास् गर्ने समाजवादी सबै अटाउन सक्ने हुनाले नेकपा समाजवादी पार्टी नै हो भन्ने निष्कर्ष त निस्केला। तर अन्तर्यमा गएर हेर्ने हो भने, नेकपा कुनै हिसाबले पनि समाजवादी पार्टी होईन। घनश्याम भुसालकै शब्द सापटी लिने हो भने पनि, शिक्षा र स्वास्थ्यमा लगानी गर्ने समाजवादी हुँनै सक्तैनन्। तर नेकपाका वरिष्ठ नेताहरुकै शिक्षा, स्वास्थ्य र यातायातका क्षेत्रमा राम्रै लगानी भएकाले तिनीहरु कस्ता समाजवादी हुन् र तिनीहरुको समाजवाद के हो बुझ्न कठिन छैन।

कल्याणकारी लोकतन्त्र - एक सन्तुलित समाजवाद

विवेकशील साझा पार्टीले अवलम्वन गरेको 'कल्याणकारी लोकतन्त्र' समाजवाद र पुँजीवादको सुन्दर संतुलन हो। पुँजीवाद मानिसका स्वतन्त्रता र अर्थतन्त्रको विकासका लागि अपरिहार्य छ। त्यस्तै समाजवाद राज्यको स्रोत साधनमा सबै तह र तप्काका व्यक्तिहरुको पहुँच सुनिस्चित गरि, समतामुलक समाज निर्माणको लागि आवश्यक छ। तर यि दुवैवादका उत्तिकै ठूला कमजोरी छन्। समाजवादले व्यक्तिगत स्वतन्त्रतालाई कुण्ठीत गर्छ भने पुँजीवादको धनीलाई झन् झन् धनी र गरिबलाई झन् झन् गरिब बनाउँँछ। यी दुवै वादका राम्रा पक्षहरुको सम्मिश्रण हो 'कल्याणकारी लोकतन्त्र' जसले प्रभावकारी राज्यसंयन्त्रमार्फत राज्यका स्रोतसाधनको न्यायोचित ढंङ्गले वितरण गर्छ। विसापाले अङ्गिकार गरेको यो नयाँ 'वाद' नेपालको लोकतन्त्रलाई दरिलो बनाउने र पछाडी परेकाहरुको पनि पुनरुत्थान गर्ने निर्विकल्प वाद हो। चीनमा देन्सिहाओ पेङ् ले विरालो कालो होस् कि सेतो होस् मुसा मारे पुग्छ भन्ने उद्घोष गरेर सुरु गरेको आर्थिक क्रान्ति को बाटोले आज चीनलाई संमृद्ध तुल्याएको छ। चीनमा समाजवाद थियो, समृद्धि थिएन। देन्सिहाओ पेङ्को उक्त उद्घोष सँगै आर्थिक उदारीकरण गरेर पुँजीवादलाई अबसर दिँदा नै चीनमा आर्थिक चमत्कार भएको हो। त्यसैले नेपालको सन्दर्भमा पनि 'कल्याणकारी लोकतन्त्र' मात्र त्यस्तो वाद हो, जस्ले नेपालको चामत्कारीक विकास का लागि देन गर्न सक्छ।

सकारात्मक राजनीतिक हलचल

घनश्याम भुषाल र नारायणकाजी क्षेष्ठले वर्षौदेखि आवद्ध भएर लागेका पार्टी लाग्दा खेरी जस्ता रहेनन्। जे सोचका साथ यी पार्टीमा लाग्नेहरु लागे त्यो सोच अहिले पार्टीको कार्यशैलीमा खोजेर पनि भेटिँदैन्। तर त्यस्तै सोचाईको सिराबाट नयाँ पार्टी सुभारम्भ भएको छ। यो पार्टीको सबलीकरण नेपालका बौद्धिक र परिश्रमी नागरिक जस्ले पार्टीगत आवद्धता लिन चाँहदैनन् तर त्यही आवद्धता नलिएकै कारण आवद्धहरुका सांगठनिक दुष्प्रभावका कारण कमजोर बनेका छन्, तिनीहरुका लागि न्याय गर्ने पार्टी हो। कार्यकर्ता होईन स्वतन्त्र नागरिक भईकन पनि उत्तिकै आत्मसम्मानका साथ जीवनयापन गर्नुस् भन्ने पहिलो पार्टि हो। यस्तो पार्टीमा लाग्नु घनश्याम र नारायणकाजीका लागि पनि बकुल्लाहरुको भिडबाट हाँसहरुकै भिडमा फर्कनु जस्तै हो। यि दुई जना नयाँ पार्टीमा प्रवेश गर्ने हो भने नेकपामा र सिङ्गो देशकै राजनीतिमा सकारात्मक हलचल आउनेछ। मूलधारका भनिएका पार्टिलाई पनि क्षमतावान् नेतालाई पार्टीमा बचाईराख्नको लागि एउटा पाठ हुनेछ भने नयाँ पार्टीलाई पनि मूलधारको राजनीतिमा सकारात्मक हस्तक्षेप गर्न थप टेवा पुग्नेछ। यसबाट अन्तत फाईदा 'देश' र साधारण उपमा दिईने 'जनता' लाई हुनेछ। आगे उहाँहरुकै मर्जी।


Post a Comment

0 Comments